‘नेपाली ब्रो’ भनिने कुमार थापाद्वारा श्रीमतीको हत्या, पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापाले आफ्नी श्रीमतीको हत्या गरेका छन्।
काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा शुक्रबार राति घरायसी विवादका क्रममा ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि थापालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

