नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गरेको छ। आजदेखि लागू हुने नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो ५४५ रुपैयाँ, मिडियम ५१५ रुपैयाँ र सानो अण्डा प्रतिपेटी ३ हजार रुपैयाँ कायम गरिएको छ।
सङ्घका अनुसार उत्पादन घट्नु, बजार माग बढ्नु तथा दाना–औषधिलगायत उत्पादन लागत वृद्धि हुनु मूल्य बढ्नुका मुख्य कारण हुन्। नयाँ दररेटपछि खुद्रा बजारमा अण्डाको मूल्य प्रतिगोटा करिब २५ रुपैयाँ पुगेको छ।
सङ्घले किसानले अहिले उत्पादन लागत नजिकको मूल्य पाउन थालेको जनाएको छ। पछिल्लो एक महिनामा अण्डाको मूल्य करिब २० प्रतिशतसम्म बढेको सङ्घले जनाएको छ।