‘नेपाली ब्रो’ भनिने कुमार थापाद्वारा श्रीमतीको हत्या, पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापाले आफ्नी श्रीमतीको हत्या गरेका छन्।

काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा शुक्रबार राति घरायसी विवादका क्रममा ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि थापालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

‘नेपाली ब्रो’ भनिने कुमार थापाद्वारा श्रीमतीको हत्या, पक्राउ

‘नेपाली ब्रो’ भनिने कुमार थापाद्वारा श्रीमतीको हत्या, पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापाले आफ्नी श्रीमतीको हत्या गरेका छन्। काठमाडौंको तारकेश्वर न...
आज ६ प्रदेशमा वर्षाको सम्भावना

आज ६ प्रदेशमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायम रहेकाले आज देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भा...
अण्डाको मूल्य फेरि बढ्यो, खुद्रामा प्रतिगोटा करिब २५ रुपैयाँ

अण्डाको मूल्य फेरि बढ्यो, खुद्रामा प्रतिगोटा करिब २५ रुपैयाँ

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गरेको छ। आजदेखि लागू हुने नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रत...
दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङ — दाङ प्रहरीले ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहर...