तीन दिनसम्म तराई क्षेत्रमा तातो लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहर (हिट वेभ) चल्ने सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार सोही अवधिमा कोशी, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो दिन (हट डेज) को अवस्था रहने सम्भावना छ। ती क्षेत्रहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने पूर्वानुमान गरिएको छ।

अत्यधिक गर्मी तथा तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्राधिकरणले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरूलाई अत्यधिक गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। साथै, अत्यावश्यक कामबाहेक दिउँसोको समयमा लामो समयसम्म घाममा नबस्न, पर्याप्त मात्रामा पानी पिउन तथा स्वास्थ्यमा समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिएको छ।

छुटाउनुभयो कि ?

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङ — दाङ प्रहरीले ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहर...
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने तयारीमा

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने तयारीमा

काठमाडौं — नेकपा एमालेले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र राजनीतिक उद्देश्यबाट प्र...
पोखरामा फोहोरमै भेटिए तीन ग्रिनेड

पोखरामा फोहोरमै भेटिए तीन ग्रिनेड

पोखरा – पोखरा महानगरपालिका–२१ स्थित फोहोर विसर्जन केन्द्रमा बिहीबार बिहान तीनवटा ग्रिनेड बम फेला परेका छन्। महानगरको फोहोर बो...
तीन दिनसम्म तराई क्षेत्रमा तातो लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह

तीन दिनसम्म तराई क्षेत्रमा तातो लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहर (हिट वे...