रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली जाने भएका छन्।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा हुने भ्रमणमा नेपाल–भारत सम्बन्ध, सीमा विवाद, कनेक्टिभिटी, व्यापार तथा पारवहनका विषयमा छलफल हुने जनाइएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले भारतीय वाणिज्यमन्त्री पीयूष गोयलसँग पेट्रोलियम पाइपलाइन विस्तार, चिनी निर्यात तथा डिजिटल भुक्तानी (क्यूआर) सम्बन्धी विषयमा पनि कुराकानी गर्ने तयारी छ।...