डडेल्धुरा अस्पतालमा अनियमितताको आरोपमा अध्यक्ष ओझामाथि कार्यकक्षमै कालोमोसो
डडेल्धुरा । डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि अस्पताल सञ्चालनमा गम्भीर अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाउँदै नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले कार्यकक्षमै पुगेर कालोमोसो दलेको छ।
युवा संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा अस्पतालमा प्रयोग भइरहेका स्वास्थ्य उपकरणहरू जानाजानी बिगारेर नयाँ उपकरण खरिदको प्रक्रिया अघि बढाई लाखौँ रुपैयाँको आर्थिक हिनामिना गरिएको आरोप लगाइएको छ। विशेषगरी सञ्चालनमै रहेको ठूलो एक्स–रे मेसिन बिगारेर नयाँ खरिदतर्फ धकेलिएको दाबी गरिएको छ।
विज्ञप्तिमा जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दक्ष र अनुभवी जनशक्तिको सट्टा आर्थिक चलखेलका आधारमा कर्मचारी भर्ना गरी अस्पताललाई राजनीतिक भर्ती केन्द्र बनाइएको आरोप छ। अस्पताल परिसरलाई मदिरा सेवनको थलो बनाइएको, तेस्रो कार्यकाल पूरा गर्न लाग्दासमेत आय–व्यय विवरण सार्वजनिक नगरिएको र सार्वजन...


