डडेल्धुरा अस्पतालमा अनियमितताको आरोपमा अध्यक्ष ओझामाथि कार्यकक्षमै कालोमोसो

डडेल्धुरा । डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि अस्पताल सञ्चालनमा गम्भीर अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाउँदै नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले कार्यकक्षमै पुगेर कालोमोसो दलेको छ।

युवा संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा अस्पतालमा प्रयोग भइरहेका स्वास्थ्य उपकरणहरू जानाजानी बिगारेर नयाँ उपकरण खरिदको प्रक्रिया अघि बढाई लाखौँ रुपैयाँको आर्थिक हिनामिना गरिएको आरोप लगाइएको छ। विशेषगरी सञ्चालनमै रहेको ठूलो एक्स–रे मेसिन बिगारेर नयाँ खरिदतर्फ धकेलिएको दाबी गरिएको छ।

विज्ञप्तिमा जनस्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दक्ष र अनुभवी जनशक्तिको सट्टा आर्थिक चलखेलका आधारमा कर्मचारी भर्ना गरी अस्पताललाई राजनीतिक भर्ती केन्द्र बनाइएको आरोप छ। अस्पताल परिसरलाई मदिरा सेवनको थलो बनाइएको, तेस्रो कार्यकाल पूरा गर्न लाग्दासमेत आय–व्यय विवरण सार्वजनिक नगरिएको र सार्वजनिक सुनुवाइबाट पन्छिँदै आएको उल्लेख गरिएको छ।

सेवा, मर्मत र निर्माणसम्बन्धी काममा आफ्ना आसेपासेलाई कोटेशन दिलाएर कमिसन असुल्ने, अस्पताललाई सेवा केन्द्रभन्दा कमाइ खाने माध्यम बनाइएको आरोप पनि संगठनले लगाएको छ। स्थायी दरबन्दी खाली हुँदाहुँदै पनि स्थायी नियुक्ति नगरी करार र ज्यालादारी कर्मचारी राखेर जनस्वास्थ्यसँग गम्भीर खेलबाड गरिएको संगठनको निष्कर्ष छ।

सुदूरपश्चिमकै प्रमुख रेफर अस्पताल हुँदाहुँदै पनि स्वास्थ्य सेवामा चरम लापरबाही देखिएको, औषधि र उपकरण खरिदमा गुणस्तरभन्दा कमिसनलाई प्राथमिकता दिइएको तथा महँगा उपकरण थन्क्याइने गरेको आरोपसमेत विज्ञप्तिमा समेटिएको छ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...