दलीय गतिविधिमा लागेका तीन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको आदेश


काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले दलीय गतिविधिमा संलग्न भएको आरोपमा तीन मन्त्रीलाई पद छाड्न निर्देशन दिएकी छन्। चुनावी गैरदलीय सरकारमा रहेर दलगत क्रियाकलापमा लागेको भन्दै शहरी विकासमन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदिश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई राजीनामा दिन भनिएको हो।

प्रधानमन्त्री कार्कीले यसअघि व्यक्तिगत रूपमा आग्रह गरेकी थिइन् भने सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि विषय उठाएकी हुन्। गैरदलीय सरकारको मर्म विपरीत मन्त्रीहरू चुनाव नजिकिँदै दलसँग सक्रिय भएपछि यस्तो निर्णय लिइएको बताइएको छ।

घिसिङले पार्टी दर्ता गरी चुनावी तयारी थालेका छन् भने खरेल र गुप्ता पनि दलसँग नजिकिँदै उम्मेदवार बन्ने तयारीमा छन्। यसले सरकारको गैरदलीय चरित्रमाथि प्रश्न उठेपछि प्रधानमन्त्रीले कडा कदम चालेकी हुन्।

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...