Day: June 10, 2026

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल्ला सम्मेलनलाई सफल बनाउन आवश्यक तयारी अघि बढाउने निर्णय गरेको जनाएको छ। बैठकमा जिल्ला सेक्रेटरी सजक, अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश इन्चार्ज प्रेम प्रशान्त बोहरा लगायत विभिन्न नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले संगठन सुदृढीकरण, जनसरोकारका मुद्दा र आगामी कार्यक्रमबारे छलफल गरेका थिए। बैठकलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी सजक ले सुकुम्बासीहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुनुपर्नेमा जोड दिँदै पार्टी सधैँ उत्पीडित र अधिकारविहीन समुदायको पक्षमा रहने बताए। उनले असार १३ गते हुने जिल्ला सम्मेलनलाई सफल बनाउन सबै नेता–कार्यकर्ता एकताबद्ध भएर तयारीमा जुट्न पनि आग्रह गरे। बैठकले जनतासँग प्रत्यक्ष जोडिने अभियानलाई थप प्रभावकारी बनाउने...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उनको पद स्वतः रिक्त भएको जनाएको हो। २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित घिमिरे पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएका थिए। दल परिवर्तन गरेको विषयमा एमालेले निर्वाचन आयोगलाई जानकारी गराएपछि कानुनी प्रक्रिया अनुसार उनको पद रिक्त गरिएको आयोगले जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२(१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ अनुसार दल त्याग गर्ने जनप्रतिनिधिको पद स्वतः रिक्त हुने व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार आयोगले जेठ २६ गते निर्णय गरी घिमिरेको पद खारेज गरेको हो। यससम्बन्धी सूचना बुधबार गोरखापत्र दैनिकमार्फत सार्वजनिक गरिएको छ।...