Day: June 5, 2026

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
दाङ — दाङ प्रहरीले ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१५ जानकीटोल क्षेत्रमा ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूबाट खुकुरी चुरोटको बट्टाभित्र लुकाइराखिएको अवस्थामा दुई पुडिया ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। तौल गर्दा उक्त पदार्थ ३४० मिलिग्राम रहेको पाइएको छ। यस्तै, वडा प्रहरी कार्यालय घोराहीबाट स्वीप अपरेशनमा खटिएको टोलीले घोराही–१४ नयाँबजार क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको शरीर तथा साथमा रहेको सामान जाँच गर्दा दुई साना पुडियामा राखिएको ८० मिलिग्राम ब्राउन सुगरजस्तो द...
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने तयारीमा

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने तयारीमा

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं — नेकपा एमालेले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र राजनीतिक उद्देश्यबाट प्रेरित भएको भन्दै सर्वोच्च अदालत जाने तयारी गरेको छ। महासचिव शंकर पोखरेल ले जारी गरेको विज्ञप्तिमा संवैधानिक प्रश्न उठे न्यायिक पुनरावलोकनका लागि अदालत जाने तथा आवश्यक परे उपलब्ध सबै कानुनी विकल्प प्रयोग गरिने उल्लेख गरिएको छ। एमालेले प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ लाई लक्षित गरी दोषारोपण गरेको आरोप लगाएको छ। प्रतिवेदनका संवैधानिक, कानुनी तथा तथ्यगत पक्ष अध्ययन गर्न एमालेले कानुन व्यवसायी र विषयविज्ञ सम्मिलित अध्ययन समूह गठन गर्ने जनाएको छ। साथै आवश्यक परे आयोगसमक्ष औपचारिक आपत्ति र पुनरावलोकनको मागसमेत गरिने बताइएको छ।...