रास्वपाका कारण कोही सुकुम्बासी भएको छैन, पुराना दलले भोट बैंक बनाए: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्बासी समस्या समाधानमा आफ्नो पार्टीले स्पष्ट दृष्टिकोण राखेको बताउँदै रास्वपाका कारण कोही पनि घरबारविहीन नभएको स्पष्ट पार्नुभएको छ। ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा जारी पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो।
सम्बोधनका क्रममा लामिछानेले देशभर रास्वपाका कारण सुकुम्बासी बनेको एउटा परिवार वा व्यक्ति देखाउन चुनौती समेत दिनुभयो। "रास्वपाका कारण सुकुम्बासी भएको कुनै एउटा घर छ? छ भने देखाउन म चुनौती दिन्छु," उहाँले भन्नुभयो।...


