एसइईको नतिजा सार्वजनिक हुँदै: यसरी हेर्नुहोस् एसएमएस र वेबसाइटबाट (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। बोर्डले एक सूचना जारी गर्दै विद्यार्थीहरूले सजिलै नतिजा प्राप्त गर्न सक्ने विभिन्न माध्यमहरूको सूची समेत सार्वजनिक गरेको छ।

​बोर्डका अनुसार यस वर्षको नियमित तथा ग्रेड वृद्धि दुवै परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आईभीआर (IVR) मार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ।

नतिजा हेर्ने तरिकाहरू:

​१. वेबसाइटमार्फत (मार्कसिटसहित):
विस्तृत विवरण र ग्रेडसिटका लागि निम्न वेबसाइटहरू लग-इन गर्न सकिनेछ:
• ​राष्ट्रिय परीक्षा बोर्ड: www.neb.gov.np
• ​परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०): www.see.gov.np
• ​नेपाल टेलिकम: www.see.ntc.net.np
​२. एसएमएस (SMS) मार्फत:
सामान्य मोबाइलबाट पनि नतिजा थाहा पाउनका लागि मेसेज बक्समा गएर:
• ​SEE आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाउनुपर्नेछ। (उदाहरणका लागि: SEE 0123456P टाइप गरी 1600 मा पठाउनुहोस्)
​३. आईभीआर (IVR) सेवा:
नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १६०० मा फोन गरेर दिइएको निर्देशन अनुसार सिम्बोल नम्बर थिचेर पनि नतिजा सुन्न सकिनेछ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...