दाङका प्रहरी जवान हरी जिसी मृ**त फेला
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरी जिसी मृत अवस्थामा फेला परेका छन्।
घोराही उपमहानगरपालिका–२, रामपुर निवासी जिसीको शव घोराही उपमहानगरपालिका–१८ घोडदौरा माथिको जंगलमा झुन्डिएको अवस्थामा भेटिएको हो।
प्रहरीका अनुसार माघ ८ गते बिहानको ड्यूटी सकेपछि स्कुटी लिएर निस्किएका जिसी त्यसयता सम्पर्कविहीन थिए। तीन दिनसम्म बेपत्ता भएपछि सुरु गरिएको खोजतलासका क्रममा उनको स्कुटी बाटो किनारमा फेला परेको थियो। त्यसपछि थप खोजी गर्दा जंगलभित्र उनको शव भेटिएको प्रहरीले जनाएको छ।
आत्महत्या गरेका जिसीका बुबा हाल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना रहेको जानकारी दिइएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दिपक श्रेष्ठका अनुसार शवको पोस्टमार्टम प्रक्रिया पूरा भइसकेको छ। “मोबाइलको लक खुल्न बाँकी छ, त्यसपछि मात्र आत्महत्...



