दाङका प्रहरी जवान हरी जिसी मृ**त फेला

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरी जिसी मृत अवस्थामा फेला परेका छन्।

घोराही उपमहानगरपालिका–२, रामपुर निवासी जिसीको शव घोराही उपमहानगरपालिका–१८ घोडदौरा माथिको जंगलमा झुन्डिएको अवस्थामा भेटिएको हो।

प्रहरीका अनुसार माघ ८ गते बिहानको ड्यूटी सकेपछि स्कुटी लिएर निस्किएका जिसी त्यसयता सम्पर्कविहीन थिए। तीन दिनसम्म बेपत्ता भएपछि सुरु गरिएको खोजतलासका क्रममा उनको स्कुटी बाटो किनारमा फेला परेको थियो। त्यसपछि थप खोजी गर्दा जंगलभित्र उनको शव भेटिएको प्रहरीले जनाएको छ।

आत्महत्या गरेका जिसीका बुबा हाल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना रहेको जानकारी दिइएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दिपक श्रेष्ठका अनुसार शवको पोस्टमार्टम प्रक्रिया पूरा भइसकेको छ। “मोबाइलको लक खुल्न बाँकी छ, त्यसपछि मात्र आत्महत्याको कारणबारे थप कुरा खुल्नेछ,” उनले बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...