विभिन्न दल परित्याग गरी तीन दर्जनभन्दा बढी नेता–कार्यकर्ता गौरव नेतृत्वको नेकपा माओवादीमा समावेश

काठमाडौं । विभिन्न राजनीतिक दल परित्याग गरी तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा समावेश भएका छन्।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दलाल संसदीय व्यवस्थाको विकल्प खोज्ने क्रममा आफूहरू गौरव नेतृत्वको  नेकपा माओवादीमा आबद्ध भएको नवप्रवेशी नेताहरूले बताएका छन्। धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको नेकपा (बहुमत), जन्जिर विपापले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी माओवादी तथा हरि वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्यहरू समेत गौरव नेतृत्वको माओवादीमा प्रवेश गरेका हुन्।

नवप्रवेशी कमरेडहरूलाई पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय कार्यालय सचिव दीपक शाहीले अबिर र खादा लगाएर सम्मानसहित स्वागत गरेका हुन।

प्रेस विज्ञप्तिमा वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यसहित अघि बढिरहेको गौरव नेतृत्वको माओवादी पार्टीले नेपालको वर्तमान दलाल संसदीय व्यवस्थालाई खारेज गर्दै सशस्त्र विद्रोहमार्फत राज्यसत्ता कब्जा गरी जनवादी क्रान्ति सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको उल्लेख गरिएको छ। सोही उद्देश्यका लागि अहिलेको अवस्थामा क्रान्तिकारी शक्तिहरू गोलबन्द हुन आवश्यक रहेको बताइएको छ।

नवप्रवेशी नेता–कार्यकर्ताहरूले जनवादी क्रान्ति सम्पन्न नभएसम्म आफ्नो साथ र प्रतिबद्धता नेकपा माओवादीमै रहने स्पष्ट पारेका छन्। उनीहरूले पार्टीले उठाएको राजनीतिक लाइन, कार्यक्रम र क्रान्तिकारी दिशालाई सही ठहर गर्दै संगठन सुदृढीकरण र जनसंघर्षमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा विभिन्न कम्युनिस्ट पार्टी तथा क्रान्तिकारी पृष्ठभूमिका केन्द्रीय सदस्य, नेता तथा कार्यकर्ताहरू रहेका छन्।

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...