सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालकको मृत्यु
विराटनगर — सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको छ।
बुधबार राति करिब १ बजे भारतबाट चिनी ल्याउँदै गरेका साहमाथि तस्करी नियन्त्रणका क्रममा गोली प्रहार भएको सशस्त्र प्रहरी बलले जनाएको छ। घटनापछि स्थानीयले शव उठाउन नदिँदै विरोध प्रदर्शन गरिरहेका छन्।
सशस्त्र प्रहरीका अनुसार तस्कर समूहसँग दोहोरो गोली हानाहान हुँदा घटना भएको हो भने स्थानीयले लेनदेन विवादका कारण गोली चलाइएको आरोप लगाएका छन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
