आजको मौसम : तराईमा बाक्लो हुस्सु, पहाडमा वर्षा सम्भावना

दाङ — देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले आज तराई क्षेत्रका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि तराईका धेरै भू–भागमा हुस्सु कायमै रहने सम्भावना छ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखिएको छ। लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा उच्च पहाडी र हिमाली क्षेत्रमा पनि आंशिक बदली रहने महाशाखाले जनाएको छ।

महाशाखाको पूर्वानुमान अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

आज राति पनि तराईका केही स्थानमा हुस्सु जारी रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। रातिको समयमा पनि पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...