पोखरामा खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता हुने, गैर तामाङ समुदायले पनि भाग लिन पाउने
पोखरा । नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले पोखरामा पहिलो संस्करणको ‘खुला तामाङ सेलो नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार डुक ल्हो ड्रागन वर्ग को अवसरमा आगामी ६ गते शनिबार न्यूरोडस्थित सिटी स्क्वायरमा खुला तामाङ सेलो नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक जसपाल पाख्रिन तामाङले जानकारी दिएका छन् ।
प्रतियोगितामा भाग लिनको लागि हालसम्म २० टिमले दर्ता गरिसकेको आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा भाग लिनको लागि आगामी शनिबार बिहान १० बजेसम्म टिम दर्ता गर्ने समय रहेको छ। सो प्रतियोगिताको विजेता समूहले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वित्तिय हुने समूहले नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् भने तृतीय हुने टिमले नगद रु १५ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्...

