पोखरामा खुल्ला तामाङ सेलो नृत्य प्रतियोगिता हुने, गैर तामाङ समुदायले पनि भाग लिन पाउने

पोखरा । नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले पोखरामा पहिलो संस्करणको ‘खुला तामाङ सेलो नृत्य प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
मञ्जुश्री संवत् २८६० औं सोनाम ल्होछार डुक ल्हो ड्रागन वर्ग को अवसरमा आगामी ६ गते शनिबार न्यूरोडस्थित सिटी स्क्वायरमा खुला तामाङ सेलो नृत्य प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम संयोजक जसपाल पाख्रिन तामाङले जानकारी दिएका छन् ।

प्रतियोगितामा भाग लिनको लागि हालसम्म २० टिमले दर्ता गरिसकेको आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा भाग लिनको लागि आगामी शनिबार बिहान १० बजेसम्म टिम दर्ता गर्ने समय रहेको छ। सो प्रतियोगिताको विजेता समूहले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वित्तिय हुने समूहले नगद रु २५ हजार ट्रफी र प्रमाणपत्र हात पार्नेछन् भने तृतीय हुने टिमले नगद रु १५ हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजार ट्रफीसहित प्रमाणपत्र प्रदान गरिने छ ।

तामाङ समुदायको संस्कृतिलाई संरक्षण, संबर्दण र प्रवर्दण गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएकोले उक्त प्रतियोगितामा तामाङ समुदाय बाहेक अन्य समुदायका नृत्य समूहले पनि सहभागिता जनाउन पाउने जनाएको छ । सो प्रतियोगिताको निर्णायकहरुमा जसु गुरुङ, सुवास राई र अमन तामाङ रहने छन् भने गायक विश्व दोङ तामाङ र लक्ष्मी डिम्डुङ तामाङको सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

श्रोतः सुनगाभा न्यज डटकमबाट साभार गरिएको ।

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...