Day: November 21, 2023

टिकटकमाथि प्रतिबन्ध गरिनुहुँदैन: आचार्य

टिकटकमाथि प्रतिबन्ध गरिनुहुँदैन: आचार्य

समाचार
टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालहरूमाथि नियमन गर्नुपर्ने तर प्रतिबन्ध गर्नै नहुने भन्दै भन्दै वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले ट्विट जारी गरेका छन् । उनी लेख्छन्, 'सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको छ । म आफू टिकटकको प्रयोगकर्ता होइन। तर आमसञ्चार एवम् सामाजिक सञ्जालहरू संविधानले प्रत्याभूत गरेको फ्री स्पीचका सशक्त माध्यम हुन। फ्री स्पीचलाई भिन्न मतको स्वतन्त्रता मानिन्छ। यी स्वतन्त्रताहरू नियमन हुन सक्छन्, प्रतिबन्धित नै हुन सक्दैनन्।'...
संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’

संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’

पर्यटन
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको शेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी अहिले गोल्मा राजा बौद्ध बिहार जुटेको छ । उक्त क्षेत्रको विकासका लागि थाइल्यान्डले सहयोग गर्ने भएको छ । यही १० मङ्सिरमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साढे ९ फिटको बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना गर्ने  तयारी छ ।   सो क्षेत्रलाई ध्यान केन्द्रको रूपमा समेत विकास गरिने भिक्षु मेधंकर स्थविरले जानकारी दिए । उनकै खोज अनुसन्धानबाट ३५० वर्ष पहिलेको सो दरबार गोल्मा राजा रानीको रहेको खुलेको हो । ओझेलमा पर्दै आएको ऐतिहासिक र पुरातात्त्विक स्थल रहेको सो दरबार र टुँडिखेलबाट रौतहट र सर्लाहीका फाँटहरू देखिन्छ भने वन जङ्गलभित्र बे...
अनौठो शल्यक्रिया: बिग्रिएको थियो फोक्सो तर डाक्टरले स्तन प्रत्यारोपण गरेर ज्यान बचाएँ

अनौठो शल्यक्रिया: बिग्रिएको थियो फोक्सो तर डाक्टरले स्तन प्रत्यारोपण गरेर ज्यान बचाएँ

विज्ञान प्रविधि
न्यु योर्क, २४ कार्तिक । विज्ञानले धेरै प्रगति गरेको छ तैपनि संसारमा धेरै चीजहरू छन्, जुन अझै पनि मानिसहरूको समझभन्दा बाहिर छन्।   सामान्य जनता होस् वा डाक्टरहरू जहिले जे आवश्यकता पर्छन्, उनीहरूले त्यस्तै काम गर्छन् कि संसारभर यसको चर्चा हुन्छ। यस्तै एउटा दुर्लभ घटनामा, डाक्टरहरूले उनको जीवन बचाउनको लागि फोक्सोमा गम्भीर सङ्क्रमण भएको ३४ वर्षीय बिरामीको स्तन प्रत्यारोपण गरेका छन् । डाक्टरले किन  यस्तो अनौठो शल्यक्रिया गरे त ? आउनुहोस् जानौँ ।   यो अनौठो शल्यक्रिया सिकागोको नर्थवेस्टर्न मेमोरियल अस्पतालमा भएको थियो । चिकित्सा विशेषज्ञहरूसँग एउटा मेसिन थियो, जसले भेन्टिलेटर प्रक्रिया मार्फत केही दिनको लागि शरीरको कुनै पनि अङ्गको खाली ठाउँ भर्न सक्छ ताकी सङ्क्रमण हटाउन सकियोस् । तर यो मामला फरक थियो।   डेवी बाउर नामक यस ३४ वर्षीय बिरामीको छातीबाट शल्यक्रिया गरेर फोक्सो हट...
कर्म !

कर्म !

अपराध/ अनुसन्धान
-------------------------- ## रबी पौडेल ,पाण्डेचरि । उडेर गएको पात फर्की आएन उसको निश्चित गन्तव्य थिएन।। चरी पनि प्वाँख हल्लाउँदै उडेको थियो चारो नपाउँदै सिकारी ले चुँडी दियो ।। बर्खाको भेल खोला मा मिसियो बगर भरियो रुट पनि मोडियो ।। जीवन बगेको पानी जस्तै जस्तै हो कहाँ पुगिन्छ र सुक्छ थाहा नभएको हो ।। केही गराई भन्नेहरू भन्दा खुट्टा तान्ने हरू छन् अरूको रिस भन्दा बिगार्ने आफन्त छन्।। उन्नति र प्रगति बोलाएर   आउँदैन चौतारी चिन्न त तन मन र धन चाहिन्छ ।। जस्तो कर्म उस्तै फल भन्छन् मानिसहरू गरिब हुनु पाप होइन बनाउने पापीहरू ।। मिति :०७/११/२०२३...
नेपालकी रुक्साना कपाली बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा

नेपालकी रुक्साना कपाली बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा

Breaking News 1, समाचार
काठमाडौँ, ५ मङ्सिर । विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बिबिसीले सन् २०२३ का लागि विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सार्वजनिक गरेको सूचीमा रुक्साना कपाली पनि परेकी छन् ।   प्रत्येक वर्ष विश्वभरका १०० प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै आएको बिबिसीले यस वर्षको सूचीमा कपालीको नाम पनि समावेश गरेको हो । रुक्साना कपालीले फरक लैङ्गिक पहिचान भएका मानिसको अधिकारका मुद्दा उठाउँदै आएकी छन् ।...
स्पेनिस समलिङ्गी जोडीले जन्माए बच्चा, सिङ्गो युरोपमा पहिलो घटना

स्पेनिस समलिङ्गी जोडीले जन्माए बच्चा, सिङ्गो युरोपमा पहिलो घटना

अन्तर्राष्ट्रिय
बार्सिलोना, ५ मङ्सिर । स्पेनमा पहिलो पटक एक समलिङ्गी जोडीले बच्चालाई जन्म दिएका छन् । युरोपको इतिहासमा समलिङ्गी जोडीले सन्तानलाई जन्म दिएको यो पहिलो पटक हो । मेट्रोको समाचार अनुसार डेरेक एलोय नामको बच्चा स्पेनको माजोर्काको पाल्मामा अक्टोबर ३० मा जन्मिएको थियो । त्यो बच्चा ३० वर्षकी एस्टेफानिया र २७ वर्षकी अजहाराको जोडीबाट जन्मिएका हुन । यस अवधिमा अजहाराले आफ्नो छोरालाई ९ महिनासम्म आफ्नो गर्भमा राखेकी थिइन् तर उनलाई जन्म दिने अण्डा भने एस्टेफानियाको कोखबाट भएको थियो । यो दम्पतीले स्पेनको प्रजनन क्लिनिकको सहयोगमा यस वर्ष मार्चमा अभिभावक बन्ने यात्रा सुरु गरेका थिए। उनीहरूले अभिभावक बन्न इन्भो सेल नामक प्रजनन प्रविधि प्रयोग गर्ने निर्णय गरे। इन्भो सेल इंट्रावैजिनल कल्चरमार्फत बच्चा जन्माउने प्रविधि हो। यसका लागि एस्टेफानियाको योनीमा अण्डा र शुक्रकीटको क्याप्सुल हालिएको थियो । अण्डा र शुक्र...
यमनविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

यमनविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

खेलकुद
काठमाडौं, ५ मङ्सिर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज हुने यमनविरुद्ध हुने खेलका लागि टिमको घोषणा गरेको छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले यमनविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । यसअघि चोटका कारण युएईविरुद्धको खेल गुमाएका डिफेन्डर अनन्त तामाङ टिममा फर्किएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुने यो खेल आज साँझ ७ बजेदेखि सुरु हुनेछ । यसअघि, छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले युएईसँग ४- ० गोल अन्तरले पराजित भएको थियो । छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’मा छ । यस समूहमा नेपालसँगै यमन, युएई र बहराइन छन् । नेपाली टिम गोलकिपर: अभिषेक बराल, किरण चेम्जोङ, दीप कार्की । डिफेन्डर: अमित श्रेष्ठ, अञ्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिष श्रेष्ठ, रोहित चन्द । मिडफिल्डरः एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदेम्बे, दिनेश हेन्जन, त्रिशक्ति रत्न ...
युरोकपमा छानिए २० वटा देश, कुन कुन देश छानिए त ?

युरोकपमा छानिए २० वटा देश, कुन कुन देश छानिए त ?

Breaking News 1, खेलकुद
काठमाडौँ, ५ मङ्सिर । युरोकप २०२४ मा कुल २० देश छनौट भएका छन् । युरोपका २४ देशले भाग लिने युरोकपमा छनौट खेलबाट अब एक देश छनौट हुन बाँकी छ भने बाँकी ३ देश प्लेअफबाट छानिने छन् । अब समूह डी बाट समूह चरणका अन्तिम खेल आज राति सकिए पछि आयोजकसहित युरोकपका २१ देश छनौट हुने छन् । युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुदैँछ । आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समूह ए बाट स्पेन र स्कटल्यान्ड, समूह बि बाट फ्रान्स र नेदरल्याण्डस, समूह सी बाट इङल्याण्ड र इटाली छानिएका छन् । त्यस्तै समूह डी बाट टर्की छनौट भएको छ भने अब अन्तिम खेलपछि क्रोएसिया र वेल्स मध्ये एक देश सिधै छनौट हुने छ । त्यसै गरी समूह इ बाट अल्बानिया र चेक रिपब्लिक छनौट भएका छन् भने समूह एफ बाट बेल्जियम र अस्ट्रिया छनौट भएका छन् । त्यसैगरी समुह जी बाट हंगेरी र सर्बिया, समूह एच बाट ड...
  परिवर्तित प्राथमिकताहरू 

  परिवर्तित प्राथमिकताहरू 

विचार/ लेख/रचना/ साहित्य
भीष्म जोशी नेपाल मात्र नभई विश्व मै  लामो समय सामन्ती व्यवस्था हाबी रह्यो । यता अहिले पनि   नेपाली समाजमा यो एउटा संस्कृति बन्न पुग्यो । संस्कृति एउटा यस्तो चिज हुँदो रहेछ त्यसलाई चिरेर अगाडि बढ्न नसकिँदो रहेछ ।  नेतृत्व तहमा रहेका अधिकांश व्यक्तिमा गणतन्त्र ल्याएको धेरै वर्ष पछि पनि यो प्रवृति पाइन्छ  । आफू केही नगर्ने अरू लाई कजाएर खान पायौँ भने आनन्दित हुने संस्कृति नेपालमा जताततै छताछुल्ल भेटिन्छ । नेपालमा जनताले वाक स्वतन्त्रताका लागि लामो लडाई लडेर प्राप्त गरेका छन् । नेपाल बिस्तारै नयाँ लोकतान्त्रिक संस्कृतिको दिशामा अगाडी बढ्दै छ |  आजको विश्व मञ्चमा हिजोका भन्दा आवश्यकता र प्राथमिकताहरू परिवर्तन भएका छन् । हिजोका प्राथमिकताहरू बदलिएर आज अर्कै चिज प्राथमिकता बन्न पुगेका छन्। हिजो 'सन्तानले डाँडा काँडा ढाकुन्' भन्ने आशीर्वादको ठाउँमा 'दुई सन्तान ईश्वरको वरदान' भन्ने ठाउँबाट पनि अब...
अमेरिकी नौ सेनाको बिमान समुन्द्रमा डुब्यो

अमेरिकी नौ सेनाको बिमान समुन्द्रमा डुब्यो

अन्तर्राष्ट्रिय, समाचार
मंसिर ५, वासिंगटन डिसी ।अमेरिकी नौसेनाको एउटा ठूलो विमान मरीन कोर्प्स बेस हवाईमा रनवे ओभरशुट गरेपछि कानोहे खाडीमा दुर्घटनाग्रस्त भएको छ । विमानमा नौ जना सवार रहेको र सबैजना सकुशल किनारमा पुगे पनि विमान भने समुन्द्रमा डुबेको छ । स्रोतका अनुसार घाइते सबैलाई सामान्य चोट लागेको छ । उनीहरु आफै पौडी खेलेर किनारमा पुगेका हुन् । यूएस मरीन कोर्प्सका प्रवक्ता गनरी सार्जेन्ट ओर्लान्डो पेरेजले समाचार एजेन्सी एसोसिएटेड प्रेसलाई भने कि यो सैन्य निगरानीको लागि प्रयोग गरिएको टोही विमान हो। उक्त विमानको नाम बोइङ पी८ पोसाइडन हो । पी-८ पोसाइडन प्रायः पनडुब्बीहरू निगरानी र आक्रमण गर्न प्रयोग गरिन्छ। यस बाहेक यो टोही र गुप्तचर जानकारी सङ्कलनमा पनि प्रयोग गरिन्छ। यो विमान बोइङले निर्माण गरेको हो । पी-८ पोसाइडन विमानका धेरै भेरियन्टहरू छन्, प्रत्येक भेरियन्ट बोइङ डिफेन्स, स्पेस र सेक्युरिटीले विकास गरेको हो। पी...