तुलसीपुर दुर्घटना : ट्रिपरको ठक्करबाट बाबुछोराको ज्यान गयो, श्रीमती घाइते

दाङ । दाङको तुलसीपुरस्थित गुल्म चोकमा सोमबार बिहान भएको सडक दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन्।

प्रहरीका अनुसार रा १ ख २१९२ नम्बरको ट्रिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिरान्स नेपाली गम्भीर घाइते भएका थिए।

घाइते बाबुछोरालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो। उपचारका लागि लैजाँदै गर्दा मिरान्सको बाटोमै मृत्यु भएको थियो भने मनोजको उपचारका क्रममा नेपालगञ्जमा निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार मनोजकी श्रीमती ३४ वर्षीया अनुसा नेपाली सामान्य घाइते भएकी थिइन्। उपचारपछि उनलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रिपर र चालक शेरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

छुटाउनुभयो कि ?

आज ६ प्रदेशमा वर्षाको सम्भावना

आज ६ प्रदेशमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायम रहेकाले आज देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भा...
अण्डाको मूल्य फेरि बढ्यो, खुद्रामा प्रतिगोटा करिब २५ रुपैयाँ

अण्डाको मूल्य फेरि बढ्यो, खुद्रामा प्रतिगोटा करिब २५ रुपैयाँ

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गरेको छ। आजदेखि लागू हुने नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रत...
दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङ — दाङ प्रहरीले ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहर...
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने तयारीमा

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने तयारीमा

काठमाडौं — नेकपा एमालेले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र राजनीतिक उद्देश्यबाट प्र...