नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा निर्माणाधीन तटबन्धको काम भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको आरोप लागेको छ।
स्थानीयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले ‘भारतको भूमि पनि नेपालले मिचेको छ’ भन्ने अभिव्यक्ति दिएलगत्तै भारतीय सुरक्षाकर्मीको टोली नेपाली भूमिमा प्रवेश गर्दै निर्माण कार्य रोक्न दबाब दिएको हो।
सुस्ता गाउँपालिका–५ मा करिब १४ करोड रुपैयाँको लागतमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको थियो। गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार भारतीय पक्षले दाबी गरेको क्षेत्रभन्दा धेरै पर काम भइरहे पनि ४०–५० जना एसएसबी जवान आएर निर्माण रोक्न दबाब दिएका कारण काम हाल स्थगित गरिएको छ।
डुबानको उच्च जोखिममा रहेको सुस्तालाई संरक्षण गर्न उक्त तटबन्ध निर्माण भइरहेको बताइएको छ।