‘देशद्रोही अभिव्यक्ति’ भन्दै नेकपा (बहुमत) आक्रोशित,प्रधानमन्त्री बालेनलाई बर्खास्त गर्न माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिलाई देशद्रोही, गैरजिम्मेवार र राष्ट्रिय हितविपरीत भएको आरोप लगाएको छ। पार्टीले उक्त अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

महासचिव कञ्चनद्वारा जारी प्रेस वक्तव्यमा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका भूभागमा भारतको अतिक्रमणबारे कूटनीतिक पहल गर्नुपर्ने बेला प्रधानमन्त्री स्वयंले नेपालमाथि नै आरोप लगाउनु गम्भीर र आपत्तिजनक भएको उल्लेख गरिएको छ। यदि नेपालले भारतीय भूमि मिचेको दाबी सत्य हो भने त्यसको प्रमाण सार्वजनिक गर्न पनि पार्टीले चुनौती दिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संघर्षका कार्यक्रमसमेत घोषणा गर्दै नेकपा (बहुमत) ले १८ जेठमा कोणसभा र २० जेठमा मशाल जुलुस गर्ने जनाएको छ। पार्टीले सम्पूर्ण देशभक्त नागरिक र युवा शक्तिलाई विरोध आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेको छ।

छुटाउनुभयो कि ?

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङमा ब्राउन सुगरसहित ६ जना पक्राउ, ४२० मिलिग्राम पदार्थ बरामद

दाङ — दाङ प्रहरीले ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहर...
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने तयारीमा

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने तयारीमा

काठमाडौं — नेकपा एमालेले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र राजनीतिक उद्देश्यबाट प्र...
पोखरामा फोहोरमै भेटिए तीन ग्रिनेड

पोखरामा फोहोरमै भेटिए तीन ग्रिनेड

पोखरा – पोखरा महानगरपालिका–२१ स्थित फोहोर विसर्जन केन्द्रमा बिहीबार बिहान तीनवटा ग्रिनेड बम फेला परेका छन्। महानगरको फोहोर बो...
तीन दिनसम्म तराई क्षेत्रमा तातो लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह

तीन दिनसम्म तराई क्षेत्रमा तातो लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहर (हिट वे...