Day: June 14, 2026

ट्रम्पको दाबी– इरानसँगको सम्झौता सम्पन्न, होर्मुज जलडमरूमध्य खुला गर्ने अनुमति

ट्रम्पको दाबी– इरानसँगको सम्झौता सम्पन्न, होर्मुज जलडमरूमध्य खुला गर्ने अनुमति

Breaking News 1, अन्तर्राष्ट्रिय, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानसँगको सम्झौता सम्पन्न भएको दाबी गर्दै होर्मुज जलडमरूमध्यलाई शुल्करहित रूपमा सञ्चालन गर्न अनुमति दिएको बताएका छन्। उनले आफ्नो सन्देशमा संयुक्त राज्य अमेरिकाको नौसैनिक नाकाबन्दी तत्काल हटाउन स्वीकृति दिएको उल्लेख गर्दै विश्वभरका जहाजहरूलाई यात्रा सुरु गर्न आग्रह गरेका छन्। साथै, “तेलको प्रवाह पुनः सुचारु होस्” भन्ने सन्देश पनि दिएका छन्। यद्यपि, ट्रम्पको उक्त दाबीबारे स्वतन्त्र रूपमा आधिकारिक पुष्टि भएको छैन। इरान वा अन्य सम्बन्धित निकायबाट पनि यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भएको देखिएको छैन। त्यसैले यो जानकारीलाई ट्रम्पको व्यक्तिगत दाबीका रूपमा मात्र लिनुपर्ने अवस्था रहेको छ।...
टेप्पो प्रकरणमा वन कार्यालयको दाबी– सत्यभन्दा फरक प्रचार भयो

टेप्पो प्रकरणमा वन कार्यालयको दाबी– सत्यभन्दा फरक प्रचार भयो

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
धनगढी — डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ स्थित चुरे क्षेत्रमा वन कर्मचारीले राखेको टेप्पो भिरबाट खसेको भन्ने सामाजिक सञ्जालमा फैलिएको प्रचार भ्रामक भएको जनाएको छ। कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त टेप्पो लामो समयदेखि वन अतिक्रमणका लागि प्रयोग भइरहेको र हटाउन निर्देशन दिँदा पनि नहटाइएपछि नियन्त्रणका क्रममा धकेलेर हटाइएको स्पष्ट पारेको छ। वन टोलीले टेप्पो गुडाएर लैजान खोज्दा असन्तुलनका कारण भिरबाट खसेको कार्यालयको भनाइ छ। डिभिजन वन कार्यालयले सत्यतथ्य नबुझी अतिरञ्जित र भ्रामक सूचना प्रसारण नगर्न सबैलाई आग्रह गरेको छ।...