Day: January 21, 2024

गायक आस्मान लोप्चनको “जाउ हिड लण्डन” बोलको खान्दोके सेलो गीत सार्वजानिक

गायक आस्मान लोप्चनको “जाउ हिड लण्डन” बोलको खान्दोके सेलो गीत सार्वजानिक

Breaking news 3, मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाण्डौं । गायक तथा संगीतकार आस्मान लोप्चन र गायिका रोस्ना लुङबाको स्वरमा सझिएको नयाँ खान्दोके सेलो “जाउ हिड लन्डन” बोलको गीत म्यजिक भिडियो सहित सार्वजनिक भएको छ। क्लिक लेपाल युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको गीतमा गायक लोप्चन सांगीतिक कार्यक्रमको निम्ती लण्डन जादाको पलहरुलाई समेटिएर शब्द रचना गरेको गायक लोप्चनले बताए ।   गायक तथा संगीतकार लोप्चनको थुप्रै हिट खान्दोके सेलो गीतहरु बजारमा आइसकेका छन् । बिगत लामो समय देखि तामाङ गीत संगीतको जगतमा सकृय रहदै आएको लोप्चन बिगतमा कुशल रेडियोकर्मी समेत थिए । गीतमा शब्द संगीत स्वर र अभिनय स्वयम लोप्चनको रहनुका साथै जोगलाल लामाको एरेञ्ज र अर्पन थिङले मिक्सीङ गरेका छन्। त्यस्तै भिडियोलाई बुद्ध लामा तितुङको निर्देशन, बाबू सेन्चुरीको कोरियोग्राफी, त्रीलोक लामाको छायांकन, सम्पादन गहेको छ। गीतको भिडियोमा नायिका सुस्मा मोक्तान, गायक आस्मान लो...
पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा

आजको तस्वीर, समाज
हेटौंडा/पुर्वराजा ज्ञानेन्द्र शाहलाई हेटौंडामा अभिनन्दन गरिएको छ । विभिन्न शक्तिपिठको दर्शन गर्ने क्रममा पुर्वराजा शाह आइतबार हेटौंडा आइपुगेका हुन् । उनको स्वागतमा समर्थक तथा सुभेच्छुकहरुले ठाउँ ठाउँमा स्वागत गेट बनाउनुका साथै र्‍याली निकालिएको छ । पूर्वराजा शाहले हेटौंडा उपमहानगरपालिकामा रहेको चुरियामाई मन्दिरको दर्शन गरेका छन् । त्यसपछि उनी हेटौंडा उपमहानगरपालिका वडानम्बर १३ मा रहेको गुम्वामा पूजा गर्न पुगे। उनि हेटौंडा-१० मा रहेको भुटनदेवी मन्दिर समेत दर्शा गरी हेटौडा रिसोर्टमा भेटघाट कार्याक्रम गरेका छन ।...

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन

Breaking News 1, मुख्य समाचार, समाचार
काठमाडौं / सत्तारुढ दल नेपाली काँग्रेसको भ्रातृ संगठनले माइतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । आइतवार काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघरमा सरकारले लगाएको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको हो । निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेसँगै उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले माइतीघरको निषेधाज्ञा खारेज गर्, अभिव्यक्ति स्वतन्त्रता कामय गर् लगायतका प्लोकार्ड र नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।...