ग्यासको मूल्य बढाएर बिक्री गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ। खाना पकाउने ग्यास महँगो मूल्यमा बिक्री गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरमा जनरल स्टोर सञ्चालन गर्दै आएका २५ वर्षीय उमेश साह र भक्तपुर नगरपालिका–२ इटाछेमा ग्यास बिक्री गर्दै आएका ४१ वर्षीय राजेश कर्माचार्य पक्राउ परेका हुन्।

उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री भइरहेको सूचनापछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। साहले प्रतिसिलिन्डर २८ सय रुपैयाँसम्ममा ग्यास बिक्री गरेको आरोप छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूको नियन्त्रणबाट ७५ थान भरिएका हिमाल ग्यासका सिलिन्डर र १४ थान सगर ग्यासका सिलिन्डर बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमार्फत कानुनी प्रक्रिया अघि बढाइएको छ।

छुटाउनुभयो कि ?

प्रतिनिधि सभाको बैठक आज, विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल

प्रतिनिधि सभाको बैठक आज, विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि ...
प्रधानमन्त्रीसँगको बैठकपछि सिंहदरबारबाटै गाउँपालिका अध्यक्ष पक्राउ

प्रधानमन्त्रीसँगको बैठकपछि सिंहदरबारबाटै गाउँपालिका अध्यक्ष पक्राउ

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिन...
उत्तर कोरियाले रुस पठायो थप ८ हजार ५ सय सैनिक, ४ सय ड्रोन अपरेटर पनि रहेको युक्रेनी दाबी

उत्तर कोरियाले रुस पठायो थप ८ हजार ५ सय सैनिक, ४ सय ड्रोन अपरेटर पनि रहेको युक्रेनी दाबी

काठमाडौं । उत्तर कोरियाले रुसमा थप ठूलो संख्यामा सैनिक पठाएको युक्रेनी सैन्य गुप्तचरले दाबी गरेको छ। नयाँ चरणको सैन्य तैनाथीम...
जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने तयारीमा सरकार

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने तयारीमा सरकार

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउने तयारी अघि बढाएको छ। ऊर्जा मन्त्र...