मलाई षड्यन्त्रपूर्वक फसाइयो भन्दै प्रधानाध्यापक धामीले गरे आत्म ह*त्या

दार्चुलाको व्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालय का प्रधानाध्यापक बलदेव सिंह धामीले लामो फेसबुक स्टाटस लेख्दै आत्महत्या गरेका छन्।

आत्महत्याअघि सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्टाटसमा धामीले आफूलाई विद्यालयभित्रकै केही शिक्षक, स्थानीय व्यक्ति तथा ठेकेदार समूहले झुटा आरोप लगाएर मानसिक रूपमा प्रताडित बनाएको उल्लेख गरेका छन्। उनले विद्यालयलाई नमुना बनाउने क्रममा गरेका शैक्षिक तथा भौतिक पूर्वाधार विकासका कामहरूको विस्तृत विवरणसमेत सार्वजनिक गरेका छन्।

धामीले केही व्यक्तिहरूमाथि षड्यन्त्रपूर्वक आफूलाई बलात्कार आरोपमा फसाउने प्रयास गरिएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन, कल विवरण परीक्षण तथा दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

उनले आफ्ना परिवारका सदस्यलाई सम्बोधन गर्दै छोराहरूलाई साहसी बन्न, श्रीमतीलाई परिवारको ख्याल गर्न आग्रह गरेका छन् भने आफ्नो शवको डीएनए परीक्षण गर्नसमेत अनुरोध गरेका छन्।

छुटाउनुभयो कि ?

नक्कली हस्ताक्षर प्रयोग नगर्न अशोक सुवेदीलाई चेतावनी, हामी मूल पार्टीमै छौं

नक्कली हस्ताक्षर प्रयोग नगर्न अशोक सुवेदीलाई चेतावनी, हामी मूल पार्टीमै छौं

काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका दुई केन्द्रीय सदस्य सीता गौतम (रामेछाप) र आकाश कार्की (जाजरकोट) ले अशोक प्रसाद स...
नेपाली कांग्रेस निकट व्यवसायी रास्वपामा प्रवेश

नेपाली कांग्रेस निकट व्यवसायी रास्वपामा प्रवेश

रुपन्देही । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस परित्याग गरेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने क्...
सरकारले भदौ २४ घटना ढाक्न खोजेको गगन थापाको आरोप

सरकारले भदौ २४ घटना ढाक्न खोजेको गगन थापाको आरोप

विराटनगर पुगेका नेपाली कांग्रेसका सभापति गगन थापा ले भदौ २४ गते भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न तत्काल न्यायिक आयोग गठन गर्न...
रवि,छवि र जीवीमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज

रवि,छवि र जीवीमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहितका सहकारी ठगीसँग सम्बन्धित मुद्दाका प्रतिवादीको संगठित अपराध ...