घोराहीमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको पाँचौँ बैठक सम्पन्न, स्वाधीनता र साम्राज्यवादविरुद्ध संघर्षको आह्वान

दाङ — क्रान्तिकारी कम्युनिस्ट नेपालले वर्तमान सरकारलाई ‘फासीवाद उन्मुख’ भएको आरोप लगाएको छ। पार्टीको चैत १७ देखि १९ गतेसम्म दाङको घोराहीमा बसेको पाँचौँ बैठकका निर्णयहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै यस्तो धारणा व्यक्त गरिएको हो।

पार्टीका प्रवक्ता सुदर्शनका अनुसार फागुन २१ मा सम्पन्न निर्वाचनबाट बनेको सरकारले विपक्षी नेताहरूको गिरफ्तारी, जनवर्गीय तथा पेशागत संगठनमाथि प्रतिबन्धजस्ता दमनकारी गतिविधि गरेको आरोप लगाइएको छ। साथै, भदौ २३ गतेको घटनालाई मात्र दोषी देखाइएको भन्दै २४ गते भएका आगजनी तथा तोडफोडका घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।

त्यस्तै, सरकारी विज्ञान तथा सूचना निजी सञ्चारमाध्यमलाई नदिने निर्णय गलत भएको उल्लेख गर्दै उक्त निर्णय सच्याउन पनि पार्टीले माग गरेको छ।

पार्टीले आफ्नो निर्वाचन बहिष्कार अभियान समग्रमा सफल रहेको दाबी गर्दै कम मतदान, केही मतदान केन्द्रमा भएको बहिष्कार तथा जनतामा क्रान्तिकारी चेतनाको वृद्धि जस्ता पक्षलाई उपलब्धिका रूपमा उल्लेख गरेको छ।

बैठकले राष्ट्रिय स्वाधीनताको मुद्दालाई केन्द्रमा राख्दै आगामी राजनीतिक कार्यक्रम अघि बढाउने निर्णय गरेको छ। साथै १३ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै साम्राज्यवादविरुद्ध संयुक्त संघर्ष सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रवक्ता सुदर्शनले देशभक्त, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरूलाई एकजुट भई राष्ट्रिय स्वाधीनताको रक्षा गर्न आह्वान गरेका छन्।

अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै पार्टीले डोनाल्ड ट्रम्प नेतृत्वको संयुक्त राज्य अमेरिका लाई साम्राज्यवादी शक्ति भन्दै आलोचना गरेको छ। साथै इजरायल सँग मिलेर इरान माथि गरिएको आक्रमणको विरोध गरिएको छ।

त्यसैगरी भेनेजुयला माथि भएको अमेरिकी हस्तक्षेपको भर्त्सना गर्दै राष्ट्रपति निकोलस मदुरो को बिनाशर्त रिहाइको माग गरिएको छ। दक्षिण एशियामा पाकिस्तान र अफगानिस्तान बीच बढ्दो सैन्य तनाव वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिइएको छ।

छुटाउनुभयो कि ?

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

दाङ, २५ चैत २०८२ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५नं ब्युरो समितिको छैठौँ पूर्ण बैठक दाङमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प...
बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध  नेकपा माओवादीको विरोध

बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध नेकपा माओवादीको विरोध

काठमाडौं — गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारद्वारा लिन लागिएको २८ अर्...
शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो  ज्ञापनपत्र

शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र

दाङ — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले निजी विद्यालय देखि ट्युसन तथा कोचिङ सेन्ट...
दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्न दार्चुला...