दाङ — नेपाल आयल निगम ले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले भाउ बढाएको हो।
नयाँ मूल्यसूचीअनुसार दाङ क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर २०१ रुपैयाँ पुगेको छ। यसअघि यहाँ पेट्रोल १८६ रुपैयाँमा बिक्री हुँदै आएको थियो। यस्तै, डिजेल र मट्टितेलको मूल्य बढेर प्रतिलिटर १८१ रुपैयाँ पुगेको छ, जुन पहिले १६६ रुपैयाँ थियो।
यसैगरी, काठमाडौं, पोखरा र दिपायल मा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १८२ रुपैयाँ कायम भएको छ।
यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज मा पेट्रोलको मूल्य १९९ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजेल र मट्टितेल १७९ रुपैयाँ ५० पैसा कायम भएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिका कारण स्वचालित प्रणालीअनुसार भाउ समायोजन गरिएको हो। नयाँ मूल्य आजैदेखि लागू भएको निगमले जनाएको छ।