माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी
काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले सुरुङभित्र अझै ३ देखि ४ जना व्यक्ति सुरक्षित अवस्थामा रहेको बताएका छन्।
उद्धारपछि प्रतिक्रिया दिँदै साहले सुरुङभित्र रहेका अन्य व्यक्तिहरू पनि सकुशल रहेको जानकारी दिएका हुन्। उनका अनुसार उनीहरू सुरक्षित अवस्थामा छन्।
बाढी तथा पहिरोका कारण सुरुङभित्र फसेकामध्ये साहसहित मेकानिकल सुपरभाइजर कवीर महर्जनको पनि उद्धार भइसकेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङभित्र रहेका बाँकी कर्मचारी तथा प्राविधिकहरूको उद्धारका लागि टोली परिचालन गरिएको छ। उद्धार कार्यलाई तीव्र पार्दै सबैलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।...