हिमालयन सांगीतिक धमाका-२०२४ को आय/व्यय सार्वजनिक
दक्षिण कोरिया । गत छुसकमा शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा सम्पन्न भएको हिमालयन सांगीतिक धमाका २०२४ को आय/व्यय सार्वजनिक गरिएको छ । आइतबार सौलको पुर्वी नेपाल समाजको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर आय व्यय सार्वजनिक गरिएको हो ।
आर्थिक संयोजक पासाङ शेर्पाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार कार्यक्रममा ४ करोड ३८ लाख १७ हजार ६ सय सात वन बराबरको आम्दानी भएको देखाइएको छ । त्यसैगरी ४ करोड ८ लाख ५१ हजार १ सय २० वन खर्च भएको देखाईएको छ । कार्यक्रमबाट जम्मा २९ लाख ६६ हजार ४ सय ८७ वन कुल मुनाफा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत छुसकमा भएको उक्त कार्यक्रममा अमेरीका देखि गायक निमा रुम्बा, जर्मनी देखि गिटारिष्ट सुनिल शाक्य, नेपाल देखि मिङमा शेर्पा र अस्मिता अधिकारी प्रस्तुतीको लागि कोरिया आइपुगेका थिए । आइतबार भएको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष दोर्चि शेर्पाको अध्यक्षता रहनुका साथै ...