संसारभरिका नेपालीहरूको अभिभावक, सक्तमान भन्छन्, ‘विभिन्न प्रलोभनहरूबाट पनि मेरो आस्था झुकेन’
बुवा जसबहादुर र आमा पबिसराको कान्छो छोराको रूपमा जन्मिए, सक्तमान बुढाथोकी । वि.सं.२०३०साल वैशाखमा खुँगाको तोस्वाङमा एकदमै गरिब परिवारमा जन्मिएका हुन उनी । एकदम दुर्गम गाऊ थियो तोस्वाङ । स्कुल जानको लागि पनि घरबाट लगभग डेढ घण्टा स्कुल हिँडेर जानुपर्दथ्यो । बुवा जसबहादुर अलि शिक्षित भएकाले पनि आफ्ना सबै छोराछोरीलाई पढाउन चाहन्थे । सक्तमान पनि ११ वर्षको उमेमा स्कुले जीवन सुरु गरे ।
चप्पल लगाउने चलन थिएन । पाटीमा कालो कोइलाले लेख्ने गरिन्थ्यो । त्यस प्रकारको परिस्थितिमा पनि सक्तमान स्कुले जीवनलाई निरन्तरता दिइरहे । दाइ गिरी बुढा पढाइमा अल्छी भएकाले बुवाको धेरै पिटाई खाए पनि आफू पढाइमा मेहनती भएको बताउँछन् उनी ।
कक्षा ५सम्म लुकुरवनको स्कुलमा पढाई पुरेपछि कक्षा ६ र ७ तमान र त्यसपछि बुर्तिवांगमा सक्तमानले पढाइलाई निरन्तरता दिए । स्कुले जीवनमा उनी विद्यार्थी सङ्गठनमा पनि आबद्ध भए । गिरी दाइहर...




