अशोक सुवेदीमाथि समरजंगको प्रहार : अनैतिक धन्दामा संलग्नको आरोप

काठमाडौं — समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव समरजंग ले पार्टीका पूर्वनेता अशोक प्रसाद सुवेदी विरुद्ध आरोप लगाउँदै बुधबार प्रेस विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा पार्टीले अशोक सुवेदीलाई यसअघि नै सबै जिम्मेवारीबाट हटाइसकेको उल्लेख गर्दै निर्णय कार्यान्वयन गर्नुको सट्टा उनले पार्टी र नेतृत्वविरुद्ध अनैतिक ढंगले विषवमन गरिरहेको आरोप लगाइएको छ ।

महासचिव समरजंगले अशोक सुवेदीमा सुरुदेखि नै चरम महत्वाकांक्षा र पदलोलुप प्रवृत्ति रहेको दाबी गरेका छन् । पार्टीले अघि सारेको नयाँ विचार पाठशाला अवधारणाले उनको महत्वाकांक्षामा धक्का पुगेपछि असन्तुष्टि बढेको उल्लेख विज्ञप्तिमा गरिएको छ ।

त्यस्तै, ‘रातो खबर’ पत्रिका तथा अनलाइन सञ्चालनका नाममा पार्टीबाट अनुचित आर्थिक लाभ लिन खोजिएको आरोप पनि विज्ञप्तिमा समेटिएको छ । पार्टीले प्रारम्भमा सहयोग गर्ने तयारी गरे पनि आर्थिक दायित्वको विषयमा मिलोमतो देखिएपछि पछि हटेको दाबी गरिएको छ ।

विज्ञप्तिमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको विषय पनि उठाइएको छ । पार्टीको नीति र सामूहिक निर्णयभन्दा बाहिर गएर मनोमानी ढंगले सञ्चालन गर्न खोजिएको भन्दै उक्त प्रस्तावबाट पनि पार्टी पछि हटेको जनाइएको छ ।

समरजंगले अशोक सुवेदीले पार्टीमाथि लगाएका आरोपलाई हास्यास्पद भन्दै खारेज गरेका छन् । ‘सर्वहारावर्ग’ र ‘वैज्ञानिक समाजवाद’ जस्ता पदावलीमा मात्रै असहमति देखाइएको उल्लेख गर्दै त्यसलाई राजनीतिकरणका लागि बनावटी बहाना भनिएको छ ।

विज्ञप्तिमा अशोक सुवेदीले आफूलाई कार्यवाहक महासचिव घोषणा गर्दै केन्द्रीय समितिको बहुमत दाबी गर्नु पनि अनैतिक धन्दा भएको आरोप लगाइएको छ । प्रस्तुत गरिएका केही व्यक्तिहरू पहिले नै पार्टीबाट हटाइएका, केही अन्य दलसँग आबद्ध तथा भाडामा ल्याइएका पात्र भएको दाबी गरिएको छ ।

अन्त्यमा महासचिव समरजंगले कम्युनिस्टहरू नैतिकवान् र इमानदार हुनुपर्छ भन्दै पार्टीले पाखण्डीपनको विरासत तोड्न खोजेको उल्लेख गरेका छन् ।

छुटाउनुभयो कि ?

नक्कली हस्ताक्षर प्रयोग नगर्न अशोक सुवेदीलाई चेतावनी, हामी मूल पार्टीमै छौं

नक्कली हस्ताक्षर प्रयोग नगर्न अशोक सुवेदीलाई चेतावनी, हामी मूल पार्टीमै छौं

काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका दुई केन्द्रीय सदस्य सीता गौतम (रामेछाप) र आकाश कार्की (जाजरकोट) ले अशोक प्रसाद स...
नेपाली कांग्रेस निकट व्यवसायी रास्वपामा प्रवेश

नेपाली कांग्रेस निकट व्यवसायी रास्वपामा प्रवेश

रुपन्देही । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस परित्याग गरेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने क्...
सरकारले भदौ २४ घटना ढाक्न खोजेको गगन थापाको आरोप

सरकारले भदौ २४ घटना ढाक्न खोजेको गगन थापाको आरोप

विराटनगर पुगेका नेपाली कांग्रेसका सभापति गगन थापा ले भदौ २४ गते भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न तत्काल न्यायिक आयोग गठन गर्न...
रवि,छवि र जीवीमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज

रवि,छवि र जीवीमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहितका सहकारी ठगीसँग सम्बन्धित मुद्दाका प्रतिवादीको संगठित अपराध ...