आठबिसकोटमा बोलेरो चालकमाथि कुटपिट, मोबाइल र झोला लुटेर समूह फरार


रुकुम पश्चिम
— आठबिसकोट नगरपालिका–१ रोकाजा स्थित भित्री सडक खण्डमा बोलेरो जिप चालकलाई अज्ञात समूहले कुटपिट गरी मोबाइल र झोला लुटेर फरार भएका छन्।

मंगलबार बेलुका करिब ७ः३० बजे राडीबाट खेततर्फ जाँदै गरेको बा १३ च २९५७ नम्बरको डबल क्याप बोलेरो जिपलाई ४/५ जनाको समूहले सडकमा ढुंगा राखेर रोकेको प्रहरीले जनाएको छ।

जिप चालक आठबिसकोट–१ फिलिङ्गेका अन्दाजी २५ वर्षीय मुकेश विकले बाटोमा राखिएको ढुंगा पन्छाउने क्रममा समूहले एक्कासि उनीमाथि कुटपिट गरेको बताइएको छ। कुटपिटबाट चालक विकको शरीरको भित्री भागमा चोट लागेको छ।

त्यसैगरी गाडीमा सवार सोही ठाउँका ३९ वर्षीय पुने बुढाले छुट्याउन खोज्दा उनको दाहिने हातको पञ्जामा चोट लागेको प्रहरीले जनाएको छ।

कुटपिटपछि समूहले चालकका दुई वटा मोबाइल र एउटा झोला लिएर फरार भएको बताइएको छ।

घटनाको खबर राति करिब ९ः१५ बजे प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक डम्बरबहादुर चन्दको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।

दुवै घाइतेको आठबिसकोट–१ ओख्ले स्थित बुढा उपचार क्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

कुटपिटका क्रममा जिपको साइडको सिसा फुटेको भए पनि अन्य क्षति नभएको तथा गाडीलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जानकारी दिएको छ।

घटनामा संलग्न फरार व्यक्तिहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

नक्कली हस्ताक्षर प्रयोग नगर्न अशोक सुवेदीलाई चेतावनी, हामी मूल पार्टीमै छौं

नक्कली हस्ताक्षर प्रयोग नगर्न अशोक सुवेदीलाई चेतावनी, हामी मूल पार्टीमै छौं

काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका दुई केन्द्रीय सदस्य सीता गौतम (रामेछाप) र आकाश कार्की (जाजरकोट) ले अशोक प्रसाद स...
नेपाली कांग्रेस निकट व्यवसायी रास्वपामा प्रवेश

नेपाली कांग्रेस निकट व्यवसायी रास्वपामा प्रवेश

रुपन्देही । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस परित्याग गरेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने क्...
सरकारले भदौ २४ घटना ढाक्न खोजेको गगन थापाको आरोप

सरकारले भदौ २४ घटना ढाक्न खोजेको गगन थापाको आरोप

विराटनगर पुगेका नेपाली कांग्रेसका सभापति गगन थापा ले भदौ २४ गते भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न तत्काल न्यायिक आयोग गठन गर्न...
रवि,छवि र जीवीमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज

रवि,छवि र जीवीमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहितका सहकारी ठगीसँग सम्बन्धित मुद्दाका प्रतिवादीको संगठित अपराध ...