विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध अखिल (क्रान्तिकारी) को विरोध

काठमाडौं — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विश्वविद्यालयबाट ६० दिनभित्र विद्यार्थी संरचना हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

अध्यक्ष विरेन्द्र शाहद्वारा जारी प्रेस वक्तव्यमा उक्त निर्णयले विद्यार्थीहरूको वाक स्वतन्त्रता र राजनीतिक अधिकारमाथि आघात पुगेको उल्लेख गरिएको छ। संगठनले संविधानको मर्मविपरीत यस्तो निर्णय गरिएको आरोप लगाउँदै यसलाई फासिवादी प्रवृत्तिको संज्ञा दिएको छ।

संगठनले विश्वविद्यालयमा देखिएको अराजकता र बेथितिका विरुद्ध आफूहरू निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै ‘दलीय हस्तक्षेपमुक्त’ बनाउने नाममा शिक्षामा निजीकरण बढाउने र विद्यार्थी अधिकार कमजोर पार्ने प्रयास भएको दाबी गरेको छ।

अखिल (क्रान्तिकारी) ले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारलाई चेतावनी दिँदै अन्यथा सशक्त आन्दोलनमा उत्रिने जनाएको छ। साथै, सबै विद्यार्थी संगठन र प्रगतिशील विद्यार्थीहरूलाई एकजुट भएर संघर्षमा उत्रन आह्वान गरेको छ।

छुटाउनुभयो कि ?

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल...
आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यका साथ ग्र...
एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

काठमाडौँ । नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली ले आफू तत्काल विश्राम लिने पक्षमा नरहेको संकेत दि...
दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। दक्षिणी दि...