ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्यो
दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सार्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ।
घोराहीमा पत्रकार सम्मेलन गर्दै पार्टीले असमान सन्धि–सम्झौता खारेज, भूमाफियाको प्लटिङ रोक्नुपर्ने, लघुवित्त तथा नियमविपरीत सञ्चालित सहकारी बन्द गर्नुपर्ने र शिक्षा–स्वास्थ्य निःशुल्क गर्नुपर्ने माग राखेको हो।
माग पूरा गराउन ज्ञापनपत्र, धर्ना, जुलुस, सडक तथा मसाल प्रदर्शनदेखि चक्काजाम र आमहड्तालसम्मका कार्यक्रम सञ्चालन गर्ने पार्टीले जनाएको छ।...
