‘साहारा किस्ताबन्दी कार्यक्रम’को नाममा करोडौं रकम उठाएर सञ्चालक श्रीमान श्रमती फरार

हेटौंडा । नागरिकको बचत रकमको नियमन गर्ने जिम्मेवारी बोकेको हेटौंडा उपमहानगरपालिका कार्यालय अगाडि विना दर्ता सञ्चालित एक संस्थामा बचतकर्ताको एक करोड रुपैयाँभन्दा बढी रकम जोखिममा परेको छ ।

हेटौंडा २, स्थित उपमहानगरपालिका कार्यालय नजिकै सन्चालित ‘साहारा किस्ताबन्दी कार्यक्रम’मा सञ्चालक दम्पती सम्पर्कविहीन भएपछि बचतकर्ताको रकम जोखिममा परेको हो । साहाराको सञ्चालक हेटौंडा ८, कमाने घर भएका सरोज थापा र बिनिता पौडेल हुन् । उनीहरु श्रीमान श्रीमती हुन् ।

उनीहरुले २०५८ सालदेखि नगरपालिका रोडमा साइन बोर्डविना साहारा किस्ताबन्दी कार्यक्रम सन्चालन गरेका थिए । तर, २०८० सालमा आएर साहाराले नाम अनुसारको काम नगरेपछि ६ सय बचतकर्ता र त्यहाँ कार्यरत पाँच जना कर्मचारी तनावमा छन् । कार्यालय गत आइतबारदेखि बन्द छ । कार्यालय अगाडि दैनिक दर्जनौंको संख्यामा बचतकर्ताहरुको भीड लाग्ने गरेको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयले साहारा किस्ताबन्दी कार्यक्रम संस्थामा नगर क्षेत्रका स्थानीयले २० लाखदेखि ५० हजार रुपैयाँसम्म बचत गरेको खुलेको जनाएको छ । कर्मचारीलाई बोलाएर सोधपुछ गर्दासमेत संस्थाको दर्तालगायतका कागजातबारे खुलेको छैन ।

रकम संकलन गर्ने, किस्ताबन्दीमा घरायसी सामान दिने

बचत संकलक कर्मचारी अनिता महतकाअनुसार करिब ६ सय जनाले नियमित बचत गर्दै आएका थिए । सञ्चालक थापाले हरेक ३० प्रतिशत अग्रिम भुक्तानी लिएर ७० प्रतिशत रकम किस्ताबन्दीमा घरायसी सामान उपलब्ध गराउँदै आएका थिए । किस्तामा सामान दिए वापत थापाले निश्चित मुनाफा राख्ने गरेको महत बताउँछिन् ।

संस्थाको नाममा चार जनाले घर वा पसलहरुमा पुगेर नियमित रकम संकलन गर्दै आएका थिए । बचत रकमको हरहिसाब थापा दम्पतीले नै राख्ने गरेको महतले बताइन् । आइतबार अफिस बन्द भएपछि उहाँहरुको खोजी गरेको हो । अहिलेसम्म कहाँ हुनुहुन्छ भनेर थाहा पाएका छैनौं । सरोज र बिनाले छोरीलाई घरमै छोडेर छोरो लिएर हिँडेको थाहा पायौं,’ कर्मचारी महतले भनिन्, ‘घरमा गएर कुरा गर्दा बुबाले घरमा पनि नरहेको बताउनु भयो । दुवै जनाको मोबाइल अफ छ । घरमा पनि उहाँहरुको राम्रो व्यवहार नभएको थाहा पायौं ।’

विगत १५ वर्षदेखि संस्थामा जागिर खाएको बताउँदै महतले आफू निर्दोष रहेको बताइन् । उनले भनिन्, ‘यति लामो समयसम्म काम गर्दा उहाँहरुको गलत काम सुनेका थिएनौं । अहिले एक्कासी सोच्दै नसोचेको घटना भयो । दोष हामीमाथि लगाइएको छ । हाम्रो कुनै दोष छैन । हामीले बचत ल्याइदिने काम मात्रै गरेको हो ।’

महतसहित कर्मचारी सिता पौडेल, गंगा अधिकारी, अनिता तामाङ श्रेष्ठ र केवल थापाले ३० फागुनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सञ्चालक थापा दम्पती खोजी गरिदिन माग गर्दै निवेदन दिएका छन् । सञ्चालक सम्पर्कविहीन भएको र कार्यालय पनि नखुलेकाले बचतकर्ताहरुबाट अप्ठेरो परिस्थति परेको भन्दै उनीहरुले निवेदन दिएका हुन् । प्रशासनले ३० फागुनमै जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई सञ्चालक थापा दम्पती खोजी गरी उपस्थित गराउन पत्र काटेको छ । बचतकर्ताहरुले भने आइतबारसम्म सम्बन्धित निकायमा उजुरी दर्ता गराएका छैनन् ।

समाचार श्रोत :अनलाइनखबर डटकम

 

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...