माओवादी केन्द्र हेटौंडा–१२ को नेतृत्वमा पोखरेल चयन

हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका – १२ नम्बर वडा कमिटिको नेतृत्वमा रामहरि पोखरेल चयन भएका छन् । बुधबार भएको वडा कमिटिको दोस्रो वडा सम्मेलनबाट पोखरेललाई अध्यक्षमा सर्वसम्मत् चयन गरिएका हुन् ।

यस्तै, उपाध्यक्षमा अष्ट घलान, नवराज घलान, रविनकुमार प्रजा, सचिवमा माधव प्रसाद घिमिरे सहसचिव अञ्जु थिङ, औतर सिं गोले, कोषाध्यक्षमा लिलाकुमारी विक चयन भएका छन् । सदस्यहरुमा तुलाराज थिङ, घेसेदोर्जे बल, हरि पौडेल, भगवान अर्याल, शान्ता रुम्बा, रमिता बराल, सुनमाया दोङ, यशोदा खनाललगायत ३५ सदस्यीय वडा कमिटि चयन भएको छ ।यसैगरि, सम्मेलनबाट छिरिङ लामाको नेतृत्वमा ११ सदस्यीय माओवादी केन्द्रको युवा संगठन वाइसीएल वडा कमिटि चयन भएको छ ।

यस्तै, पार्वती घलानको नेतृत्वमा १७ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी वडा कमिटि चयन भएको छ । सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, बागमती प्रदेश कमिटि उपाध्यक्ष तथा बागमति प्रदेश सांसद प्रेमबहादुर पुलामी (छिन्तु), बागमती प्रदेश कमिटि सचिवालय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, बागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा हेटौंडा उपमहानगर कमिटि इन्चार्ज विवेक राई, अध्यक्ष तिर्थ थापा मगरसहितको उपस्थिति थियो ।

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...