गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गर्ने एकजना प्रहरीको फन्दामा

काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जना प्रहरीको फन्दामा परेको छ । संखुवासभाका ३२ वर्षीया केशरमान राईलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

पक्राउ परेको राईलाई विद्युतिय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् । पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसअघि यो विषयमा अनुसन्धान गरिदिन भन्दै ब्यूरोलाई पीडित गौशाला २६ ले उजुरी दिएकी थिइन् ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई अघिल्लो साता बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

 

 

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...