एनआरएनद्धारा गैरआवासी संघको २१ जना सल्लाहकार चयन

 

काठमाडौं / आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ(एनआरएन)ले २१ जनाको सल्लाहकार समिति चयन गरेको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले २१ जनाको सल्लाहकार चयन गरेको हो । सल्लाहकारमा महेश श्रेष्ठ जापान,नारायण आचार्य, नेदरल्याण्ड दुर्गा आचार्य अस्ट्रेलिया, नरेन्द्र भाट कतार, सुरेन्द्र नेपाल श्रेष्ठ युके, शशी पौडेल नेदरल्याण्ड,नारायण थापा अमेरिका, आनन्द बिष्ट अमेरिका, बिष्णु सुवेदी अमेरिका, बुद्धि ओली क्यानडा, डा बिनोद शाह अमेरिका, बिमल सुवेदी कतार, नारायण कंडेल अमेरिका, पुष्प थापा जर्मनी, रोशन केसी जापान, सुवास जोशी बेल्जियम, मना थापा अफ्रिका, प्रेम गुरुङ बेल्जियम, चित्र सुवेदी बेल्जियम, नवराज (सन्नी) ओली कतार, डा कृष्ण अर्याल नर्वे रहेका छन् ।
यस्तै बैठकले रिक्त रहेको क्षेत्रीय संयोजक पदमा पनि नियुक्त गरेको छ । ओसियनाको युवा सहसयोजकमा विशाल पोखरेल, महिला सहसहसंयोजकमा मनिषा अर्याल उप्रेती, अफ्रिका क्षेत्रको क्षेत्रीय संयोजकमा कृष्णदत्त भट्ट तथा महिला क्षेत्रीय संयोजकमा सरिता भट्ट पाण्डेलाई चयन गरेको शर्माले जानकारी दिनुभयो ।
यस्तै बैठकले विधान व्याख्या समितिमा ओमानका डिबी क्षेत्री, अनुशासन समितिमा कतारका नरेन्द्र भाट, न्यायिक समितिमा अफ्रिकाका हिम्मत थापालाई चयन गरेको छ । शर्माले अर्को बैठकले आइसीसी सदस्यका साथै विज्ञसहितको उच्चस्तरीय समिति गठन गर्ने जानकारी दिनुभयो ।

जनसवालडटकम बाट साभार गरिएको

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...