निसान र होण्डा कम्पनीको मर्जर प्रक्रिया सुरु

काठमाडौं । अटो इण्डस्ट्रीका दिग्गज निसान र होण्डा कम्पनी एकापसमा गाभिने भएका छन् । चिनियाँ कम्पनीका गाडीसँग प्रतिस्पर्धा गर्न यी दुई जापानीज कम्पनी गाभिन लागेका हुन् ।

मर्जर प्रक्रियामा दुवै कम्पनीका प्रतिनिधिले सोमबार हस्ताक्षर गरेका छन् । यदि मर्ज भएर एकीकृत कारोबार सुरु भएमा यो विश्वको अटो इण्डष्ट्रीमा तेस्रो ठूलो कम्पनी हुनेछ । हालसम्म टोयोटा नै जापानको अग्रणी गाडी निर्माता कम्पनीको रुपमा छ । हाल सवारी उद्योग ठूलो बदलावका साथ अगाडि बढिरहेको छ । एकातर्फ जीवाश्म इन्धनको विकल्प रोज्नुपरेको छ भने अर्कोतर्फ चिनियाँ कम्पनीका उत्पादनसँग तीव्र प्रतिस्पर्धा गर्नु परेको छ ।

निसान परिवारको एक सदस्य मित्सुबिसी मोटर्सले पनि आफ्नो व्यावसायलाई एकीकृत गर्नका लागि छलफलमा सहभागी हुन सहमति जनाएको छ । निसानका सीईओ माकोतो उचिदाले भनेका छन्( यदि हामी एकीकरणमा सफल भयौं भने हामी ग्राहकको साथमा अझै उत्कृष्ट बन्न सफल हुनेछौं ।  By Onlinekhabar.com

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...